7.1 C
Kathmandu
Friday, January 23, 2026
spot_img

सलह आउन सक्ने, पूर्व तयारी थालीने

काठमाडौं । गत हप्ता ‘ताउते चक्रवात’ आएपछि पाकिस्तान र भारतका मुरुभूमिमा सलह किराको वंश वृद्धि हुँदैछ । योसँगै नेपालमा फेरि सलहको झुण्ड आउन सक्ने खतरा रहेको भन्दै सतकर्तासहित पूर्वतयारी थालिने भएको छ।

विश्व खाद्य कार्यक्रमले प्रकाशित गर्ने सलहबारेको नियमित रिपोर्ट अध्ययन गरेपछि विज्ञहरुले गत वर्षजस्तै नेपालमा सलह आउनसक्ने जोखिम रहेको ठहर गरेका छन् ।तत्कालको मौसमी अवस्था हेर्दा सलह आउन सम्भावना नदेखिए पनि कुनै पनि बेला हुनसक्ने मौसमी बदलावले सलह आउनसक्ने उनीहरुको चेतावनी छ । ताउते आँधिपछि यो क्षेत्रमा ‘यास् चक्रवात’ सक्रिय भएकाले मौसमी परिवर्तनको सम्भवना छ । त्यसले सलहलाई नेपाल ल्याइपुर्‍याउने जोखिम हुने विज्ञको मत छ ।

प्लान्ट क्वारिन्टन तथा विषादि व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाइँका अनुसार सबै प्रदेश सरकारलाई सलहको प्रकोप आउनसक्ने जोखिम रहेकाले पूर्वातयारी गर्न आग्रह गर्दै पत्राचार गर्ने तयारी भएको छ । प्रदेशहरुलाई आवश्यक विषादि, यन्त्र, उपकरणसहित स्थानीय क्षेत्रमा सतर्क अवस्थामा बस्न भन्दै सचेत गराउन लागिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स