29.1 C
Kathmandu
Saturday, April 25, 2026
spot_img

टोखा नगरपालिकाद्धारा आगामि निति, कार्यक्रम तथा बजेट तर्जुमाको लागि विज्ञहरुबाट सल्लाह सुझाव ग्रहण

काठमाडौँ । टोखा नगरपालिकाले समग्र विकासका निति, योजना, कार्यक्रम तथा बजेट तर्जुमाको लागि सल्लाह सुझाव लिएको छ । शनिवार एक कार्यक्रमको आयोजना गरि नव-निर्वाचित जनप्रतिनिधिहरुले विज्ञहरुबाट सल्लाह सुझाव लिएका हुन ।

विज्ञहरुले जनप्रतिनिधिहरुलाई भौतिक विकास, सामाजिक विकास, आर्थिक विकास, स्वास्थ्य सेवा, लैंगिक समानता, खेलकुद, धार्मिक क्षेत्रको संरक्षण तथा प्रवद्र्धन, लक्षित वर्गको संरक्षण र विकास लगायतका कामका विषेश जोड दिनुपर्ने सुझाव दिएका थिए । यो सँगै यि समग्र क्षेत्रको विकास गर्न अपनाउनुपर्ने तरिकाहरुबारे पनि लिखित रुपमै सुझाव दिए ।

विज्ञहरुले दिएको सुझाव ग्रहण गर्दै अघिल्लो कार्यकाल पनि सफलतापुर्वक विताउनुभएका मेयर प्रकास अधिकारीले आउने कार्यकालमा जनताको भावना अनुरुपनै काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मेरो अघिल्लो कार्यकाल पनि सफलतापुर्वक सम्पन्न भयो र आगामि ५ बर्षका लागि पनि यहाँहरुले विश्वास गरि मेयर पदमा निर्वाचित गराइदिनुभएकोमा हार्दिक आभार ब्यक्त गर्दछु, अब आउने दिनमा पनि तपाइहरुकै सल्लाह र सुझाव आनुसार अगाडि बढ्ने छु त्यसको लागि यहाँहरुको सहयोगको अपेक्षा राखेको छु।”

नवनिर्वाचित जनप्रतिनिधिहरुले विज्ञका सल्लाह र सुझावहरुलाइ सकेसम्म कार्यन्वयन गर्ने बताएका छन ।
सबैको सल्लाहमा नै विकासका हरेक योजना सञ्चालन गरिने भएकाले टोखा नगरपलिका अधिल्लो कार्यकालमा देशकै उत्कृष्ट नगरपालिका बन्न सफल भएको थियो

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स