20.1 C
Kathmandu
Sunday, April 19, 2026
spot_img

स्थानीय तहका प्रमुख र उपप्रमुखलाई बुधबारबाट माओवादीले प्रशिक्षण दिने

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट स्थानीय तह निर्वाचनमा विजयी जनप्रतिनिधिलाई बुधबारदेखि प्रशिक्षण दिँदै छ। ‘स्थानीय तहका प्रमुख र उपप्रमुखको अभिमुखिकरण कार्यक्रम’ नाम दिइएको प्रशिक्षण दुई दिन चल्ने माओवादी केन्द्रले जनाएको छ।

काठमाडौंमा बुधबार विहान साढे १० बजेबाट सुरु हुने कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु सहित शीर्ष नेता र विज्ञका रुपमा लीलामणि पौडेल लगायतले प्रशिक्षण दिने छन्। प्रशिक्षणमा जनप्रतिनिधिसहित पार्टीका प्रदेशका इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष लगायतलाई समेत आमन्त्रण गरिएको छ। माओवादीले स्थानीय तहको प्रमुख र उप्रप्रमुख उपाध्यक्ष गरि २४९ पदमा जित हात पारेको छ।

स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिन माओवादी केन्द्रले प्रशिक्षण तयारी समिति गठन गरेको थियो। जसमा वर्षमा पुन, गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत, उर्मिला अर्याल, देव गुरुङ र प्रकाश विकल्प सदस्य छन्।

वैशाख ३० गते सम्पन्न स्थानीय तहमा माओवादी केन्द्रले १२१ पालिकामा प्रमुख जितेको छ। त्यस्तै उपप्रमुख र उपाध्यक्ष गरि माओवादीले १२८ स्थानमा जित हात पारेको छ भने २०१६ वडा अध्यक्ष, दलित महिला सदस्य ९७३, सदस्य १८०७ जना गरि ५ हजार ४५ जना निर्वाचित भएका छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स