20.1 C
Kathmandu
Sunday, April 19, 2026
spot_img

काभ्रे मालपोतको सेवा पाँच दिनको लागि स्थगित

काभ्रे । मालपोत कार्यालय धुलिखेलमा कार्यरत केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालयको सेवा पाँचदिनका लागि स्थगित गरिएको छ। कार्यालयको आन्तरिक प्रशासनिक भने सञ्चालन हुने जनाइएको छ।

कोरोनाको प्रभावका कारण यसअघि जिल्ला प्रशासन कार्यालय लगायत केही स्थानीय तहले समेत केही दिनका लागि आफ्नो सेवा स्थगित गरिसकेका छन्।

संक्रमण दर वृद्धि हुँदै गएपछि काभ्रेपलाञ्चोक जिल्ला प्रशासनले सार्वजनिकस्थलमा भीडभाड नगर्न, सार्वजनिक सवारी साधनमा यात्रा गर्दा अनिवार्य मास्क लगाउन र काम परेर बाहिर निस्कँदा अनिवार्य स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर मात्रै हिँडडुल गर्न आग्रह गर्दै यसको परिपालना गर्नसमेत कडाइ गर्न थालेको छ।

स्वास्थ्य कार्यालयका अनुसार आइतबारसम्ममा एक हजार ३०३ जना संक्रमित भएका छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स