15.1 C
Kathmandu
Friday, May 1, 2026
spot_img

अन्ततः एसईई परीक्षा आन्तरिक मूल्यांकनबाटै

काठमाडौं । सरकारले यस वर्षको एसईई परीक्षा नतिजा पनि आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको छ गत वर्ष पनि परीक्षा आन्तरिक मूल्यांकनबाटै गरिएको थियो ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा आन्तरिक मूल्यांकन विधिअनुसार गर्ने निर्णय गरेको हो एसईई आउनै लाग्दा के गर्ने भन्ने अन्योल थियो ।


कोरोना महामारी झन बढ्दै गएकाले विद्यार्थीलाई कोरोना संक्रमणबाट बचाउन सम्बन्धित विद्यालयलाई नै आन्तरिक मूल्यांकनबाट एसईई परीक्षा टुंगो लगाउने जिम्मेवारी दिइएको हो । राष्ट्रिय परीक्षा बोर्डले आइतबार मात्रै एसईई परीक्षा वैकल्पिक विधिबाट गर्ने व्यवस्था मिलाउने मन्त्रालयलाई प्रस्ताव गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स