22.1 C
Kathmandu
Saturday, April 18, 2026
spot_img

एसईईको नतिजामा चित्त नबुझे पुनर्योग गर्न पाइने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० ले माध्यमिक शिक्षा परीक्षा ९एसईई०को परीक्षाको नतिजामा चित्त नबुझे पुनर्योग गर्न पाइने व्यवस्था गरेको छ । साउन २७ गतेसम्म निवेदन दिएर चित्त नबुझेको विषयको बारे पुनर्योग गर्न पाइने गरी बोर्ड शुक्रबार सूचना जारी गरेको छ ।

बोर्डले बुधबार एसईईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५३२ परीक्षार्थी सहभागी भएका थिए । उनीहरू मध्ये ‘ए’ प्लस ग्रेड ९स्तरीकृत अंक० प्राप्त गर्ने १४ हजार २३४, ‘ए’ प्राप्त गर्ने ४६ हजार १३०, ‘बी’ प्लस प्राप्त गर्ने ५९ हजार ३७, ‘बी’ प्राप्त गर्ने ७० हजार ५१२ छन् । यस्तै ‘सी’ प्लस प्राप्त गर्ने ६१ हजार ८७०, ‘सी’ ल्याउने एकलाख एक हजार ४३, ‘डी प्लस’ ल्याउने ३५ हजार ५८४ र ‘डी’ ल्याउने ५८ हजार ६८८ रहेका छन् ।

एक्जाम्टेडतर्फ १६ हजार ५७२ परीक्षार्थी सहभागी थिए । उनीहरु मध्ये ए प्ले ग्रेडमा कोही पनि छैनन् भने ए मा २ जना र बी प्लसमा २१ परीक्षार्थी उत्तिर्ण भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स