13.1 C
Kathmandu
Monday, February 9, 2026
spot_img

दिवा खाजाको रकम फ्रिज हुने

काठमाडौं । चालु शैक्षिक सत्रमा खर्च गर्ने गरी ७ अर्ब ५२ करोड ९३ लाख ३० हजार रुपियाँ विद्यालयमा दिवा खाजा शीर्षकमा विनियोजन गरेको रकम फ्रिज हुने भएको छ ।

चालु शैक्षिक सत्रबाट ७७ जिल्लामा लागु गरेको उक्त कार्यक्रमका लागि कर्णाली बाँहेकका जिल्लाका विद्यार्थीका लागि प्रति विद्यार्थी दैनिक १५ रुपियाँका दरले प्रदान गर्ने उद्देश्यलेट विनियोजन गरेको सो बजेट कोभिड १९ का कारण खर्च गर्न नसकेर फ्रिज हुने भएको हो ।

उक्त कार्यक्रमबाट देशभरका२९ हजार ५८७ अन्तर्गत इसीडीका ५ लाख ४१ हजार ४ सय ८० र २७ हजार ५ सय ४० सामुदायिक विद्यालयका २३ लाख ९८ हजार ८०९ जना गरी जम्मा २९ लाख ४० हजार ७८९ जना विद्यार्थीलाई लक्षित गरी विद्यालयलाई सरकारले प्रदान गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स