29.1 C
Kathmandu
Tuesday, May 26, 2026
spot_img

अतिक्रमणविरुद्ध काठमाडौँ महानगर र विकास प्राधिकरणको संयुक्त अभियान, ७ दिने समयसीमा तोकियो

काठमाडौँ । काठमाडौँका अतिक्रमित तथा मापदण्ड विपरीत बनेका संरचना हटाउन काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका विकास प्राधिकरणले सात दिनको समय सीमा तोकेका छन्।

गत असोज २ गते बसेको संयुक्त बैठकको निर्णय अनुसार महानगरले शुक्रबार अत्यन्त जरुरी सूचना जारी गर्दै सम्बन्धित व्यक्तिहरूलाई स्वेच्छाले संरचना हटाउन वा खाली गर्न आग्रह गरेको छ।

महानगरले जारी गरेको सूचनामा भनिएको छ — “काठमाडौँ महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौँ जिल्लाभित्रका सार्वजनिक स्थलमा रहेका अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना सात दिनभित्र नहटाएमा कानूनी कारबाही गर्दै बलपूर्वक खाली गरिनेछ।”

महानगर र विकास प्राधिकरणले सहरको सौन्दर्य, सरसफाइ र सार्वजनिक स्थलको संरक्षणका लागि यो कदम चालिएको बताएको छ। यसअघि पनि अतिक्रमणविरुद्धका अभियान चलाइए पनि प्रभावकारी कार्यान्वयन नहुँदा पुनः संरचना फस्टाएका थिए।

महानगरले यसपटक सख्त रूपमा निर्णय कार्यान्वयन गर्ने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया

हेडलाइन्स