24.1 C
Kathmandu
Saturday, April 18, 2026
spot_img

माओवादी केन्द्रको प्रदेश अधिवेशन : लुम्बिनी प्रदेशमा पदाधिकारी चयनमा सकस

दाङ । दाङमा चलिरहेको नेकपा माओवादी केन्द्रको प्रदेश अधिवेशनबाट लुम्बिनी प्रदेशमा पदाधिकारीको चयन सोमबार मात्रै हुने भएको छ ।

शनिबार उद्घाटन भएको प्रथम प्रदेश सम्मेलनको आइतबार भएको बन्द सत्रबाट २ सय १७ सदस्यीय प्रदेश कमिटी चयन भएको जनाएको छ। अव यो कमिटीको बैठकबाट पदाधिकारी निर्वाचित गर्ने पूर्वमन्त्री सुदर्शन बरालले रातोपाटीलाई बताए।

विधान अनुसार कमिटीको बैठकबाट अन्य पदाधिकारी चयन गर्ने प्रावधान रहेको र सोही अनुसार प्रक्रिया थालिएको माओवादी केन्द्रले जनाएको छ । १० प्रतिशत सदस्य मनोनीत गर्न भने बाँकी राखिएको छ ।

लुम्बिनी प्रदेश अध्यक्षमा सुदर्शन बराल (गुल्मी), सुवास पुन(दाङ) र रोल्पाका दीपेन्द्र पुनको नाम चर्चामा छ । आइतबार अवेला भएकाले पदाधिकारीको टुङ्गो लगाउन नसकिएको र सोमबार मात्रै टुङ्गो लाग्ने तयारी भएको माओवादी एक प्रदेशस्तरीय नेताले बताएका छन्।

प्रदेशको पदाधिकारी आकाङ्क्षीहरुलाई सकेसम्म सर्वसम्मत बनाउने तयारीका लागि नेतृत्व लागि रहेको छ। यहाँ नअटेकाहरुलाई केन्द्रमा लैजाने गरि व्यवस्थापन गर्ने गरी छलफल चलेको जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स