29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

कांग्रेसको वाग्मती प्रदेशमा सभापतिमा ५१ प्रतिशत मत नपुग्दा पुनः मतदान हुने

मकवानपुर । नेपाली कांग्रेस वाग्मती प्रदेशको सभापति पदमा तीनै जना उमेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसक्दा पुनः मतदान हुँदैछ ।

सभापतिका तीन जना उमेदवार मध्ये एक जना पहिलो भएर मात्र नहुने र ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने भएकाले आज पुनः मतदान हुने भएको हो ।

पहिलो चरणको मत परिणाम अनुसार, इन्द्रबहादुर बानियाँले ९ सय ९२ मत प्राप्त गर्नुभएको छ । अर्का उम्मेदवार जगदीश्वर नरसिंह केसीले ८ सय ७७ र भीमसेनदास प्रधानले १ सय ९७ मत प्राप्त गर्नुभयो ।

कुल २१ सय ५१ मतमध्ये २ हजार ८३ मत खसेको थियो । अब बानियाँ र केसीका बीचमा पुनः मतदान हुनेछ । तेस्रो हुने भीमसेनदास प्रधानले भाग लिन पाउनु हुनेछैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स