12.1 C
Kathmandu
Monday, January 19, 2026
spot_img

त्रिशूली अस्पताललाई स्थानीय तहको दश लाख

त्रिशूली/नुवाकोटको त्रिशूली अस्पतालमा सघन उपचार कक्ष (आइसियु) शैया थप गर्न यहाँका स्थानीय तहले आर्थिक सहयोग उपलब्ध गराउन थालेका छन् ।

कोरोना सङ्क्रमित बिरामीलाई अहिले आइसियु शय्या अत्यावश्यक रहेकाले शय्या थप्न किस्पाङ गाउँपालिकाले रु दश लाख तत्कालै र अपुग भए पछि थप्ने गरी सहयोग गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिनुभयो । त्रिशूली अस्पतालमा हाल छ शैयाको आइसियु, चार एचडियु र ६ वटा भेन्टिलेटर सञ्चालनमा छ ।

नुवाकोट सहित रसुवा र धादिङका बिरामीलाई सेवा दिदै आएको त्रिशूली अस्पतालमा हाल कोरोना संक्रमित बिरामीको चाप बढेसगैं दश शैयाको आइसियु थप्नको लागि प्रक्रिया अघि बढाइएको अस्पताल व्यवस्थापन तथा विकास समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

यस क्षेत्रका स्थानीय तह, जिल्ला समन्वय समिति र प्रदेश तथा संघीय सांसद्मार्फत आर्थिक श्रोत जुटाउन पहल थालिएकोमा किस्पाङ गाउँपालिकाको तर्फबाट गरिएको यो पहिलो सहयोग हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स