13.1 C
Kathmandu
Monday, February 9, 2026
spot_img

हेलम्बुलाई स्वास्थ्य सामग्री

सिन्धुपाल्चोक । हेलम्वु गाउँपालिकाका सात वटै वडालाई कोरोना माहामारी फैलनबाट रोकथाम तथा नियन्त्रण गर्न स्वास्थ्य सामाग्री प्रदान गरिएको छ।

गाउँपालिकाका लागि अनन्त क्षमता केन्द्रका काठमाडौका अध्यक्ष अमृत तिवारीले साढे तीन लाख रुपैयाँ बरावरको स्वास्थ्य सामाग्री गाउँपालिका स्वास्थ्य प्रमुख ज्ञानेन्द्र सिग्देललाई हस्तान्तरण गरेका हुन्।

वितरण गरिएका सामग्रीमा अक्सिजन कन्सनट्रेटर, केएन ९५ मास्क २ सय पिस, सर्जिकल मास्क ३६ सय पिस, अक्सिमिटर ७ पिस, थर्मलगन ७ पिस, पीपीई सेट ५ पिस, फेससिल्ड ३ सय पिस, ग्लोब्स १ सय पिस, स्यानिटाइजर २० लिटरलगायत रहेका छन्।

संस्थाले मेलम्ची नगरपालिकाको पाँच वटा वडालाई पनि केही दिनअघि स्वास्थ्य सामग्री सहयोग गरेको थियो।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स