27.1 C
Kathmandu
Saturday, April 18, 2026
spot_img

सिञ्जामा फस्टाउँदै मार्सी धानको खेती

सुर्खेत। यतिबेला जुम्लाका खेतहरू मार्सी धानले हरियो भएको छ । चैतको महिना बीउ राखेर असारमा गोडमेल गर्ने गरिन्छ । रैथाने बालीभित्र पर्ने मार्सी पौष्टिक, आर्थिक तत्त्वले समेत महत्त्वपूर्ण हुने भएकाले हुँदा जुम्लाका ज्युलोमा अहिले मार्सीलगाउने गरिएको छ ।

पहिले आफन्त इष्टमित्रलाई नासोका रूपमा पठाइने मार्सी अहिले धमाधम बिक्री हुने गर्दछ । मार्सी बेच्न बजार धाइरहनु पर्दैन । यद्यपि मार्सी लगाउन दुःख हुने गर्छ । गोडमेल लगायतका काम मार्सीका लागि बढी गर्नुपर्ने जुम्लाका कृषकहरू बताउँछन् ।

पातारासी गाउँपालिका –४ डोलकाँटीका उषा बुढा मार्सीको माग अत्यधिक भएको तर पुगाउन नसकिएको बताउनुभयो । दुःख बढी हुने भएकाले पनि धेरैले मार्सी धान लगाउन मन नगर्ने उहाँको अनुभव छ । अहिले स्थानीय पालिकाले पनि मार्सी धान लगाउन कृषकलाई प्रेरित गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स