25.1 C
Kathmandu
Saturday, April 18, 2026
spot_img

राहदानी वितरणलाई सहज बनाउन अतिरिक्त समय थप

कञ्चनपुर । कञ्चनपुरमा पछिल्लो समय राहदानी बढाउनेको सङ्ख्यामा वृद्धि भएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि राहदानी वितरणलाई सहज बनाउन कार्यालय समयसँगै अतिरिक्त समय पनि सेवा दिँदै आएको छ।

त्यस्तै जिल्लाबाट गत वर्ष दश हजार एक सय ९४ जनाले राहदानी लिएको प्रशासन कार्यालयको राहदानी फाँटका कम्प्युटर अपरेटर कमल बोहराले जानकारी दिए। ‘दुई हजार नौ सय १४ महिला र सात हजार दुई सय ८० पुरुषले राहदानी लिएको छ,’ उनले भने, ‘पछिल्लो समय प्रवीणता प्रमाणपत्र तह पास गरेर विदेश जाने युवायुवती राहदानी बनाउन आउने क्रम बढेको छ।’

पछिल्लो समय खाडीलगायत तेस्रो मुलुक जाने सङ्ख्या वृद्धि भएसँगै राहदानी बढाउनेको सङ्ख्या वृद्धि भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा १२ हजार तीन सय ३६ महिला तथा पुरुषले नागरिकता लिएका छन्।

बोहराले यहाँ वंशजका आधारमा १२ हजार तीन सय १५ जनाले र वैवाहिक अङ्गिकृतका आधारमा २१ जना महिलाले नयाँ नागरिक प्राप्त गरेको जानकारी दिए। त्यसैगरी प्रशासनबाट नौ हजार ७६ जनाले नागरिकको प्रतिलिपि लिएको देखिएको छ। उनले नयाँ नागरिकसँगै राष्ट्रिय परिचयपत्र बनाउनुका साथै राहदानीसमेत सँगै बनाउने क्रम बढेको बताए।

त्यसैगरी गत वर्ष १७ हजार तीन सय २४ जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन्। भने अघिल्लो आवका चार हजार दुई सय ८१ राष्ट्रिय परिचयपत्र समेत वितरण गरिएको प्रशासनले जनाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स