20.1 C
Kathmandu
Saturday, April 18, 2026
spot_img

सामाजिक सुरक्षा भत्ता समयमा भुक्तानी गर्न पलाँता गाउँपालिकाबासिको माग

कालीकोट । सरकारबाट उपलब्ध गराइने सामाजिक सुरक्षा भत्ता समयमा नपाएको ज्येष्ठ नागरिकले गुनासो गरेका छन् । समयमा भत्ता नपाउँदा योजनाअनुसारको काम गर्न गाह्रो भएको उहाँहरूको भनाइ छ ।

पलाँता –२ का गोरेबहादुर बमले आफूले २०७९ सालको १२ महिना यताको भत्ता नपाएको गुनासो गर्नुभयो । पलाँता गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता समयमा नदिएर ज्येष्ठ नागरिक, एकल महिलामाथि अन्याय गरेको गुनासो उहाँहरूको छ ।

नेकपा एमाले पलाँता गाउँ कमिटीले प्रेस विज्ञप्ति प्रकाशन गरेर समयमै भत्ता उपलब्ध गराउन आग्रह गरेको छ । एमाले पलाँता गाउँपालिका कार्यवाहक अध्यक्ष लोकेन्द्र न्यौपानेले २०७९ सालको १२ महिनाको भत्ता नदिएकोभन्दै आपत्ति जनाएको छ ।

पलाँता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कर्मसिंह बमले पहिलो र दोस्रो किस्ता वितरण भइसकेको, तेस्रो र चौथो किस्ता वितरण गर्न बाँकी रहेको बताउनुभयो । केआईसी अपडेट नभएकाले भुक्तानीमा ढिलाइ भएको उहाँको भनाइ छ । बच्चाको थोरै रुपियाँ आउने भएकाले वर्षभरिको एकै पटक दिँदा सहज हुने भएर भुक्तानीमा ढिलो भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स