काठमाडौँ । नेकपा (एमाले) ले पार्टीका तर्फबाट स्थानीय तहका जनप्रतिनिधि बनेकालाई प्रशिक्षण दिने भएको छ।
एमालेका केन्द्रीय सदस्य बिष्णु रिजालले दिएको जानकारी अनुसार आउने जेठ १२ र १३ गते काठमाडौं स्थानीय तहका प्रमुखरउपप्रमुख, अध्यक्षरउपाध्यक्षलाई प्रशिक्षण दिन लागिएको हो।
‘स्थानीय तहमा बजेट बनाउने बेला भएको छ। बजेट बनाउनुअघि पार्टीका तर्फबाट सल्लाह, सुझाव र निर्देशन दिन कार्यशाला गर्न लागिएको हो,’ रिजालले भने।

