20.1 C
Kathmandu
Thursday, April 23, 2026
spot_img

बाग्मती करिडोर साढे दुई दशकसम्म अधुरै

काठमाडौं । निर्माण सुरु भएको साढे दुई दशक बित्दा पनि बागमती करिडोर सडक सुरुको बिन्दु र अन्तिम बिन्दुमा ट्र्याक खोल्न बाँकी रहेको छ । काठमाडौंको उत्तर-पूर्वी क्षेत्रलाई उपत्यकाको दक्षिणी क्षेत्रसम्म पुर्‍याउने सो करिडोर सडक सुरू बिन्दुमा पर्ने गोकर्णबाट सुन्दरीजलसम्म खुल्न बाँकी रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। यो खण्डको लम्बाइ झण्डै आठ किलोमिटर छ।

नदीको क्षेत्र २० मिटर रहेकामा अहिले २०र२० मिटर क्षेत्रमा जग्गा व्यक्तिका नाममा रहेकाले जग्गा किनबेच भइरहेको समितिका सूचना अधिकारी इञ्जिनियर कमल अर्यालले बताउँछन् । त्यस ठाउँमा जग्गा प्राप्त गर्न काठमाडौं उपत्यका नयाँ सहर आयोजनाले एक लाख रोपनीमा नयाँ सहर बनाउन लागेको उनले बताए। उनले भने, ुत्यहाँभित्रबाट जग्गा निकालेर सडक बनाउने योजना छ।ु

गोकर्णबाट गुहेश्वरीसम्म दुवैतर्फको सडक खुलिसकेको छ। गुहेश्वरी मन्दिरबाट तिलगङ्गासम्म पशुपति क्षेत्र रहेको छ। तिलगङ्गाबाट जाँदा गाडी चले पनि सडक कच्ची रहेको इञ्जिनियर अर्यालले बताए।

सडक निर्माणमा समस्या नभएको ठाउँमा खुलिसकेको भए पनि अरू निकायले काम गर्छु भनेका ठाउँमा काम हुन नसकेको जनाइएको छ। गोठाटार पुलबाट गुह्येश्वरीसम्मको सडक प्रदेश सरकारले निर्माण गर्ने भने पनि बनिसकेको छैन। नदी किनारमा समितिले नै सबै किसिमका काम एकसाथ अघि बढाइरहेको छ।

करिडोर सडक निर्माणसँगै नदीको दुवैतर्फ ढल निर्माण, विभिन्न स्थानमा बाँध, किनारमा रहेका मठ, मन्दिरको पुनःनिर्माण, फोहर पानी प्रशोधन केन्द्रको निर्माण अघि बढिरहेको बताइएको छ। बाग्मती करिडोर निर्माणको कार्यक्षेत्र काठमाडौंको बागद्वारबाट कटुवाल दहसम्म छ। जम्मा ४४ किमी यसको लम्बाइ रहेको छ। अन्तिम बिन्दुतर्फ जान अहिले ट्र्याक खोलेर मोर्डन इन्डियन स्कुलसम्म पुगिएको उनले बताए।

खासगरी काठमाडौं उपत्यकाका मुख्य सडकमा रहेको जाम कम गर्ने उद्देश्यले करिडोर सडक निर्माण सुरू गरिएको थियो । बागद्वारबाट कटुवाद दहसम्म दुवैतर्फ जान नसक्ने गरी नहुँदा लक्ष्य पूरा नहुने इञ्जिनियर अर्यालले बताए। यसलाई निरन्तर जाने गरी बनाउनुपर्ने उनको भनाइ छ।

काठमाडौं उपत्यकामा रहेका सानाठूला धेरै खोलामा करिडोर निर्माणको काम अघि बढाइएको छ। कतै समिति त कतै काठमाडौं उपत्यका नगर विकास प्राधिकरण र कतै डिभिजन सडक कार्यालयले करिडोर सडकमा निर्माण गरिरहेका छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स