29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

डोल्पाको जगदुल्ला गाउँपालिकाद्धारा सबै गाउँपालिकाबासीको स्वास्थ्य बीमा

डोल्पा । हिमाली जिल्ला डोल्पाको जगदुल्ला गाउँपालिकाले सबै घरपरिवारको स्वास्थ्य बीमा गरेको छ । गाउँपालिकाले एकै पटक ५ सय ५९ घरपरिवारको स्वास्थ्य बीमा गरेको हो । स्वास्थ्य बीमा कार्यक्रमको महत्वलाई बुझेर गाउँपालिकाका सम्पुर्ण घरधुरी समेटिने गरि स्वास्थ्य बीमा गरिएको गाउँपालिकाका अध्यक्ष नारासिँह रोकायले जानकारी दिनुभयो ।

बीमा कार्यक्रममा आवद्ध सबैले यस कार्यक्रममार्फत विभिन्न सेवा सुविधा पाउने र आवद्घता शुल्क समेत गाउँपालिकालेनै तिरेको समेत अध्यक्ष रोकायले बताउनुभयो । यस कार्यक्रममा सामुदायका सवै घरपरिवार स्वयमं आवद्घ हुने सम्भावना नभएपछि आवद्घता शुल्क पनि पालिकालेनै व्यहोर्ने गरी कार्यक्रममा आवद्घ गराईएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले स्वास्थ्य बीमाका लागि १९ लाख २८ हजार ८ सय ५० रुपैया स्वास्थ्यबीमा बोर्ड लाई भुक्तानी गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीले जानकारी दिए । गाउँपालिकाका स्वास्थ्य संयोजक छिरीङ्ग बुढाले स्वास्थ्य क्षेत्रको निति तथा कार्यक्रम तय गर्दा स्वास्थ्यबीमा कार्यक्रमलाई प्रथामिकतामा राखेर कार्यक्रम बनाउने बताए ।

सेवा सुविधा राम्रो पाएमा यस कार्यक्रमलाई स्वयम परिवारलेनै निरन्तरता दिने उनको भनाई छ । सामुदायस्तरमा यस कार्यक्रमको महत्व र धारणाबारे सर्वसाधारणले बुझ्न नसकेकै कारण डोल्पामा बिमितको संख्या नबढेको स्वास्थ्य बीमा बोर्ड डोल्पाका संयोजक राजनकुमार डाँगीले बताए । स्वास्थ्य बीमा कार्यक्रम धेरै राम्रो कार्यक्रम भएकाले सुरुमा जिल्लाका सम्पुर्ण स्थानीय तहले सर्बसाधारणलाई कार्यक्रममा समावेश गराउनु पर्ने उनको भनाई छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स