27.1 C
Kathmandu
Monday, June 5, 2023

पार्किङका लागि निर्माण भएको काठमाडौं भ्यू टावर नयाँ सालबाट सञ्चालनमा ल्याउने तयारी

काठमाडौं । काठमाडौंको पुरानो बसपार्कमा बन्दै गरेको काठमाडौं भ्यू टावर नयाँ वर्षदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । काठमाडौं महानगरमा रहेको सवारी पार्किङको समस्यालाई समाधान गर्नका लागि निर्माण गरिएको उक्त टावर निर्माण कार्य जारी रहेपनि नयाँ सालबाट सञ्चालनमा ल्याउने तयारी भएको महानगरले जनाएको छ ।

काठमाडौं महानगरका सार्वजनिक निजी साझेदारी इकाई संयोजक महेश काफ्लेका अनुसार टावरको काम १२ तल्लासम्म सम्पन्न भएको छ । भौतिक संरचनाको काम सकिएर रंगरोगन गर्न बाँकी रहेपनि तल्लो तीन तल्लामा पार्किङ गर्न मिल्ने भएकाले खुल्ला गर्न लागिएको काफ्लेले बताउनुभयो । पार्किङको लागि बनाइएको टावरमा दुई तल्ला अण्डरग्राउण्ड रहेको छ । आगामी वैशाखदेखि तीन तल्लालाई पार्किङको लागि खुल्ला गरेर बिस्तारै अन्य तल्लाहरू पनि पार्किङका लागि खुल्ला गर्दै लगिने उहाँको भनाइ छ ।

थप १२ तल्लाका लागि अध्ययन
टावरलाई अझै १२ तल्ला थप गरी २४ तल्लाको बनाउनका लागि पुनः अध्ययन भइरहेको उहाँले बताउनुभयो । सुरुमा यस टावर २९ तल्लाको बनाउने सम्बन्धमा सम्भाव्यता अध्ययन भएको थियो । तर पछि भूकम्प गएपछि २९ तल्लाको टावर बनाउन नसकिने भएकाले यसको डिजाइन नै परिवर्तन गरेर १२ तल्लाको बनाइएको हो ।

अहिले निर्माण भएको १२ तल्लाको अध्ययन गर्नका लागि पुलचोक क्याम्पसलाई जिम्मा दिइएको काफ्लेले जानकारी दिनुभयो । पुलचोक क्याम्पसले सकारात्मक प्रतिवेदन दिए अझै १२ तल्ला थपिने उहाँको भनाइ छ । २०७४ सालमा निर्माण कार्य सुरु भएको यस बिल्डिङको सुरुको लागत दुई अर्ब रहेको थियो । यदि अव १२ तल्ला थपेको खण्डमा लागत भने बढ्ने उहाँको भनाइ छ ।

यस टावरको निर्माण जलेश्वर स्वछन्द निर्माण कम्पनीले गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स