22.1 C
Kathmandu
Saturday, April 18, 2026
spot_img

टुँडिखेलमा मनाइयो प्रजातन्त्र दिवस

काठमाडौँ । ७३ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ । हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ । सोही अनुसार आज सैनिक मञ्च टुँडिखेलमा प्रजातन्त्र दिवस मनाइएको हो ।

आज विभिन्न कार्यक्रम गरी देशभर नै प्रजातन्त्र दिवस मनाइन्छ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ मूल समारोह समितिद्वारा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकाय तथा कूटनीतिक निकायका प्रमुखहरू सहभागी थिए ।

समारोहमा नेपाली सेनाको दुई हेलिकप्टरबाट राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ अङ्कित ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । साथै मैदानबाट शान्तिका दूत परेवा र रङ्गीचङ्गी बेलुन उडाउनुका साथै शहीदहरूप्रति श्रद्धापूर्ण रूपमा श्रद्धाञ्जली अर्पण गर्नुका साथै एक मिनेट मौन धारण समेत गरिएको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट मार्च पास गर्नुका साथै देश प्रेमका कालजयी गीतहरूको धुन र ब्यान्ड बजाएर प्रजातन्त्र दिवस मनाइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स