25.1 C
Kathmandu
Sunday, April 19, 2026
spot_img

उपत्यकामा सार्वजनिक यातायात बन्दको आंशिक प्रभाव

काठमाडौं । सरकार र आन्दोलनरत यातायात मजदुरबीचको वार्ता सिंहदरबारमा सुरु भएको छ । सम्झौता गरिएका मागहरू पूरा नगरेको भन्दै उपत्यकामा सवारी साधन बन्द गर्ने निर्णय गरेपछि आन्दोलनमा उत्रिएका यातायात मजदुर र व्यवसायीसँग सरकारले वार्ता गरेको हो ।

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सोमबार बालाजु बाइपास क्षेत्रमा भएको मजदुर आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै वार्ताका लागि आव्हान गर्नुभएको थियो ।

आन्दोलनरत यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा आज आह्वान गरेको सार्वजनिक यातायात बन्दको आंशिक प्रभाव परेको छ । केही बस, माइक्रो बस र ट्याक्सीहरु चलिरहेका छन् ।

अघिल्ला दिनको तुलनामा भने कम संख्यामा सार्वजनिक गाडीहरु चलेका छन् । यात्रुहरु कोचिएर यात्रा गर्न बाध्य छन् । ट्राफिक जरिवानाको विषयलाई लिएर यातायात मजदुरहरूले हिजो बालाजु बसपार्क क्षेत्रमा प्रहरीको गाडी तोडफोड गर्नाका साथै आगजनी गरेका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स