22.1 C
Kathmandu
Thursday, April 23, 2026
spot_img

देशभरका मुख्यमन्त्रीहरूको भेला राप्ती उपत्यकामा गर्ने तयारी

देउखुरी । देशभरका मुख्यमन्त्रीहरू लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी) दाङमा जम्मा हुने भएका छन् । पाँच वर्षे कार्यकाल पूरा गरेका सातवटै प्रदेशका मुख्यमन्त्रीहरूको सम्मेलनका लागि एकै ठाउँमा भेला हुने भएका हुन् ।

पुस १५ गते लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा मुख्यमन्त्रीहरूको सम्मेलन हुन थालेको हो। सरकारबाट बिदा हुनै लागेका मुख्यमन्त्रीहरूले सरकारका कामको समीक्षा र अब बन्ने सरकारलाई सुझाव दिन सम्मेलन आयोजना गर्न थालिएको हो ।

सम्मेलनका लागि लुम्बिनी प्रदेश सरकारले तयारीसमेत अगाडि बढाएको छ । प्रदेशको स्थायी राजधानी देउखुरीको भ्रमण गराएर मुख्यमन्त्रीहरूको सम्मेलन गर्न लागिएको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले जानकारी दिनुभयो ।

पाँच वर्षे कार्यकालमा प्रदेश सरकारहरूको समीक्षा र आगामी नयाँ सरकारलाई सुझाव दिन पनि सम्मेलन आयोजना गर्न खोजिएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिलामन्त्री शर्माले बताउनुभयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स