काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रास्वपाकी उम्मेदवार सोविता गौतमले आफ्नो चुनावी खर्च बुझाएकी छन् । गौतमले चुनावमा ३ लाख ७१ हजार रुपैयाँ खर्च गरेको विवरण जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा बुझाएकी हुन् ।
उनले सबैभन्दा धेरै खर्च गोष्ठी र कार्यकर्ता परिचालनमा ८० हजार ९९५ रुपैयाँ भएको उल्लेख गरेकी छन् । उनले आयोगमा बुझाएकी विवरणमा १३ दिनसम्म गाडी रिजर्भ गर्दा ७८ हजार, पेट्रोल–डिजल खरिदमा ६२ हजार ५०५ खर्च भएको उल्लेख गरेकी छन् ।
त्यस्तै, घोषणा–पत्र र नमूना मतपत्र छपाइमा ४६ हजार ५०० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरेकी छन् । यसका साथै प्रतिनिधि परिचालनमा १५ हजार र विविधमा २५ हजार खर्च भएको उल्लेख गरेकी छन् ।
त्यस्तै उनले कार्यालय स्थापनामा ५ हजार, कार्यालयको भाडा, कर्मचारी, स्टेशनरी पानी र बत्तीको गरी ३५ हजार, मतदाता नामावली खरिदमा ३ हजार र फ्लेक्समा प्रचार सामग्री बनाएको २० हजार खर्च भएको उल्लेख गरेकी छन् ।
प्रत्यक्षतर्फ कान्छी सांसदको रुपमा निर्वाचत गौतमले नेकपा (एमाले)का मणिराम फुँयाल र नेकपा (माओवादी केन्द्र)की ओनसरी घर्तीलाई पराजित गरेकी हुन् ।

