26.1 C
Kathmandu
Saturday, April 18, 2026
spot_img

सैनामैना नगरपालिकाद्धारा भूमिहीन जनतालाई लालपुर्जा वितरण

सैनामैना । सैनामैना नगरपालिकाले भूमिहीन जनतालाई लालपुर्जा वितरण गरेको छ । सदियौँदेखि जोतभोग गर्दै आएका स्थानीयले गाउँ ब्लकको जग्गा धनी प्रमाणपत्र पाएका छन् ।

आज एक कार्यक्रमको आयोजना गर्दै साबिक दुधराक्ष र गजेडी गाविसका ६२५ जनालाई गाउँ ब्लक जग्गाको लालपुर्जा वितरण गरिएको हो । उक्त गाउँ ब्लक जग्गाधनी दर्ता प्रमाणपत्र सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्मासहितको टोलीले प्रमाणपत्र प्रदान गरेका हुन् ।

गाउँ ब्लक जग्गाको लालपुर्जाका लागी गत मङ्सिर महिनादेखि गृहकार्य सुरु गरिएको थियो । लालपुर्जा पाएसँगै स्थानीयले खुसी व्यक्त गरेका छन् । भूमिहीन दलित, अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्न सैनामैना वडा न १, ७ र ८ मा नापी जारी रहेको र अन्य वडामा पनि नापजाँच गरी तत्काल पुर्जा दिने प्रमुख शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स