22.1 C
Kathmandu
Saturday, April 18, 2026
spot_img

फागुन महिनाभित्र नयाँ राष्ट्रपति र उपराष्ट्रपति चयन भइसक्ने

काठमाडौं । आगामी फागुन महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन सम्पन्न हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न भएको अवसरमा निर्वाचन आयोगले सोमबार गरेको जलपान कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले यसबारे जानकारी गराएका हुन् ।

सो अवसरमा थपलियाले निर्वाचन संचालन तथा व्यवस्थापन सम्बन्धी ऐन बनाउन त्यसको मस्यौदा तयार गरिएको र अबको संसद बैठक बसेपछि ऐन बनाउने काम हुने उल्लेख गरे ।

उनले यस वर्ष भएको ३ तहको निर्वाचनमा महिला सहभागिता अन्तर्गत स्थानीय तहमा ४१ प्रतिशत, प्रदेश तहमा ३६ प्रतिशत र प्रतिनिधि सभामा ३३ प्रतिशत महिला जनप्रतिनिधि निर्वाचित भएपनि सो संख्या पर्याप्त नभएको बताए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स