15.1 C
Kathmandu
Thursday, April 30, 2026
spot_img

जसपामा समानुपातिक सांसद चयनमा विवाद, मधेस प्रदेशमा काेटाभन्दा बढी नाम बुझाइयाे

जनकपुरधाम । मधेस प्रदेशको समानुपातिक सांसद चयन गर्न जनता समाजवादी पार्टी ९जसपा०मा विवाद देखिएको छ । प्राप्त मतको आधारमा निर्वाचन आयोगले मधेश प्रदेशमा जसपालाई ७ सिट दिएको छ । तर जसपाले ७ जनाको नाम टुङ्ग्याउन सकेन । नाम चयनमा विवाद भएपछि अध्यक्ष उपेन्द्र यावदले आयोगमा १० जनाको नाम बुझाएका छन् ।

जसपाको आयोगलाई गरेको सिफारिसमा विन्दुकुमारी यादव ९महोत्तरी०, किरण कुमारी साह ९सप्तरी०, शोभा देवी ९रौतहट०, सञ्जिला कुमारी यादव ९सिरहा०, चन्देश्वर सदा ९सिरहा०, ललिता दास ९सिरहा०, शाहिदा खातुन ९सिरहा०, ममता मण्डल ९धनुषा०, मो। युसुफ अलि ९सप्तरी०, मनिष कुमार सुमन ९सप्तरी०को नाम समेटिएको छ । जसपाले आयोगमा बुझाएको पत्रमा भने समावेशी समूह मिलाई उम्मेदवारहरुको नाम छनोट गरिएको उल्लेख छ । बुझाएकामध्ये ३ उम्मेदवार सांसद बन्न बञ्चित हुने देखिएको छ ।

जसपाका एक नेताले नाम चयनमा सहमति नजुट्दा १० जनाकै बुझाएको र तीमध्ये ७ जना आयोगले समावेशीताका आधारमा चयन भएको निर्णय गर्दा पार्टीमा विवाद नहुने बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स