18.1 C
Kathmandu
Thursday, April 30, 2026
spot_img

खोटाङमा विशाल भट्टराईलाई पछि पार्दै रामकुमार राई विजयि

खोटाङ । खोटाङबाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा माओवादी केन्द्रका रामकुमार राई ‘पासाङ’ निर्वाचित भएका छन् । राई ३१ हजार ३५१ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका विशाल भट्टराईले २८ हजार ६८२ मतमात्र पाएका छन् । त्यस्तै जनता समाजवादी पार्टीका कृष्णकुमार राईले एक हजार ९१४ प्राप्त गरेका छन् ।

यता राप्रपाका सर्जु श्रेष्ठले एक हजार ७१६, स्वतन्त्र उम्मेदवार जयन्द्रकुमार राईले २३९, आमूल परिवर्तन मसिहा पार्टीका चन्द्रमणि राईले २०४ मत, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेतले १४० मत पाएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स