19.1 C
Kathmandu
Wednesday, May 13, 2026
spot_img

आगामी निर्वाचनमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न जनजाति आयोगको माग

काठमाडौं । आदिवासी जनजाति आयोगले आगामी निर्वाचनमा आदिवासी जनजातिको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ । मंगलवार ललितपुरमा पत्रकार सम्मेलन गरी आयोगले आगामी निर्वाचनमा आदिवासी जनजातिको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारी छनोटलाई समानुपातिक समावेशी बनाउन माग गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आदिवासी जनजातिको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न सबै राजनीतिक पार्टीहरूलाई आग्रह गरे । उनले प्रतिनिधि सभा तथा प्रदेश सभामा समानुपातिक प्रतिनिधित्व होस् भन्ने राजनीतिक पार्टी, संविधान तथा कानून कार्यान्वयन गर्ने निकाय समक्ष आदिवासी जनजाति समुदायको माग रहेको बताए ।

अध्यक्ष मगरले विगतका निर्वाचनमा आदिवासी जनजातिको जनसंख्या ३५।८१ प्रतिशतको समानुपातिक प्रतिनिधित्व समन्यायिक नभएको उल्लेख गर्दै समानुपातिक समावेशिताको सिद्धान्तलाई नजरअन्दाज गरी निर्वाचनको उम्मेदवारी चयनमा त्रुटि नगर्न राजनीतिक दलहरूसँग आग्रह गरे । उनले आदिवासी जनजाति समुदायभित्र पनि लोपोन्मुख र अति सीमान्तकृत समुदायको प्रतिनिधित्व हुन नसकिरहेको भन्दै उनले त्यस्ता समुदायको प्रतिनिधित्वलाई विशेष प्राथमिकता दिन पनि आग्रह गरे । अध्यक्ष मगरले राजनीतिक दलहरूबाट हुनसक्ने त्रुटिलाई नियालेर संविधानतः समानुपातिक प्रतिनिधित्वको अधिकार दिलाउन पनि निर्वाचन आयोगलाई आग्रह गरे ।

‘आदिवासी जनजाति समुदायभित्र पनि लोपोन्मुख र अति सीमान्तकृत समुदायको प्रतिनिधित्व हुन नसकिरहेको अवस्थामा त्यस्ता समुदायको प्रतिनिधित्वलाई विशेष प्राथमिकता दिन पनि अनुरोध छ’, उनले भने, ‘कतै संविधान, कानून र समुदायको मर्म र भावनाअनुसार राजनीतिक दलहरुबाट त्रुटि हुन गएमा सम्बन्धित दलहरूलाई ध्यानाकर्षण गराइदिन निर्वाचन आयोगलाई अनुरोध गर्दछौँ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स