25.1 C
Kathmandu
Sunday, April 19, 2026
spot_img

कुकुर मार्ने अभिव्यक्ति दिने वडाध्यक्षको चौतर्फी आलोचना

काठमाडौं । कुकुर मार्ने अभिव्यक्ति दिने काठमाडौं महानगरपालिकाका एक वडाध्यक्षको आलोचना भएको छ । काठमाडौं महानगरपालिका नगर कार्यपालिका बैठकमै कुकुर मार्ने अभिव्यक्ति दिने वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्कीको आलोचना भएको हो ।

यही विषयमा असहाय गाईबाछा संरक्षण अभियानका अध्यक्ष उत्तम पुडासैनीले एक विज्ञप्तिमार्फत धर्ती मान्छेको मात्र नभई सबै प्राणीहरुको साझा बासस्थान भएको उल्लेख गर्दै वडाध्यक्षको अभिव्यक्तिको आलोचना गरेका छन् । वडाध्यक्षको अभिव्यक्तिले सोच र हैसियतलाई छताछुल्ल मात्र नभई अन्तर्राष्ट्रिय जगतमा पनि शिर निहुरिएको उल्लेख गरेका छन् ।

‘विगतमा कुकुर मारेको तथ्यलाई गौरवका रुपमा प्रस्तुत गर्ने काठमाडौं महानगर जस्तो गरिमामय संस्थाका एकजना वडा अध्यक्षको असंसदीय अभिव्यक्तिप्रति असहाय गाईबाछा संरक्षण अभियानका तर्फबाट खेद व्यक्त गर्दै यस्ता ब्यक्ति जनप्रतिनिधिका रुपमा रहिरहनु राष्ट्रकै लागि लज्जाको विषय हो भन्ने अभियानको निष्कर्ष छ’, विज्ञप्तिमा भनिएको छ, ‘घृणात्मक अभिव्यक्ति र हत्या र हिंसा जस्ता कृयाकलापको वकालत आफैंमा अपराधकर्म हो र यस्ता अभिव्यक्ति दण्डनीय हुन्छन् । अतः सामाजिक विचलन ल्याउने खालका यस्ता अभिव्यक्ति दिने वडा अध्यक्षमाथि कारवाहीका लागि जोडदार आह्वान गर्दछौं ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स