19.1 C
Kathmandu
Sunday, April 26, 2026
spot_img

बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

काठमाडौं । बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप भएको छ। बुधबार काठमाडौंबाट फोहोर फाल्न बञ्चरेडाँडामा लग्न दुई सय बढी प्रहरी परिचालन भएका छन्। स्थानीयले फोहोर फाल्न लग्न नदिएपछि प्रहरीले बल प्रयोग गरेको छ।

अहिले अवस्था तनावपूर्ण भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए। उनका अनुसार स्थानीयले प्रहरीमाथि ढुंगामुढा समेत गरेका छन्। स्थानीयले ढुंगामुढा प्रहारगरेसँगै प्रहरीले पनि बल प्रयोग गरेको उनले बताए। प्रहरीले दुई सेल अश्रु ग्यास प्रहार गरेको उनले बताए।

यस्तै ३७ जनाको सशस्त्र प्रहरीको टोली पनि खटिएको छ। स्थानीयहरू बाटोमा ढुंगामुढा तेर्स्याएर डाँडामाथि उक्लिएका छन्।

काठमाडौं महानगर, सहरी मन्त्रालय र काठमाडौं, धादिङ र नुवाकोटका जनप्रतिनिधिबीच सहमति भएपछि फोहोर उठाउन थाले पनि विसर्जन गर्ने स्थानमा स्थानीय बासिन्दाले अवरोध गर्दै आएका छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स