20.1 C
Kathmandu
Saturday, April 25, 2026
spot_img

काठमाडौंका चोक सडक तथा गल्लीमा थुप्रिएको फोहोर उठाउन थालियो

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने सहमति भएपछि काठमाडौंका गल्लीमा थुप्रिएको फोहोर उठाउन थालिएको छ। स्थानीय, नेपाल प्रहरी र महानगरका कर्मचारीले फोहोर उठाएर गाडीमा राख्न थालेका छन्।

महानगरपालिकाको फोहर आजखि नै उठाउने सहमति भएको थियो। सहरी विकासमन्त्री रामकुमारी झाँक्री, काठमाडौं महानगरका मेयर बालेन्द्र शाहसहितको रोहबरमा सोमबार फोहोर उठाउने सहमतिपत्रमा हस्ताक्षर भएको भएको थियो।

सहमतिपत्रमा सहरी विकास मन्त्रालयका तर्फबाट बन्चरेडाँडा फोहर व्यवस्थापन आयोजनाका निर्देशक रविन्द्र बोहरा, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल, धुनिवेशी नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल र ककनी नगरपालिकाका तर्फबाट गीताकुमारी शर्माले हस्ताक्षर गरेका थिए

गत जेठ १४ गतेदेखि काठमाडौंको फोहोर उठेको छैन्। फोहोर नउठेर दुर्घन्धित बनेको छ। तर बन्चरे डाँडामा स्थानीयले काठमाडौं उपत्यकाको फोहर राख्न नदिने भन्दै रोकेका छन्।

सोमबार शहरी विकास मन्त्रालयसँग भएको सहमति नमान्ने भन्दै उनीहरूले काठमाडौंबाट फोहर लगेर गएका गाडीहरु रोकेका हुन्। यसैबीच अहिलेसम्म फोहर विसर्जन हुँदै आएको नुवाकोटको सिसडोल डम्पिङ साइटमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टले त्यहाँको दुर्गन्ध कम गर्न र अरू वातावरणीय प्रभावको अध्ययन गर्ने त्यहाँ एउटा टोली पठाउने भएको छ।

नास्टका बैज्ञानिकहरूको टोली आज दिउँसो सिसडोल जाने भएको हो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स