29.1 C
Kathmandu
Thursday, April 23, 2026
spot_img

स्थानीय चुनावमा राज्यसत्ताको चरम दुरुपयोग भएको लोसपाको आरोप

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० ले स्थानीय तह चुनावमा राज्य शक्तिको व्यापक दुरुपयोग भएको निष्कर्ष निकालेको छ । त्यसका कारण आफ्नो दलले वैशाख ३० को चुनावमा कमजोर प्रदर्शन गरेको लोसपाको निष्कर्ष छ ।

आज बसेको लोसपाको कार्यकारिणी समितिको बैठकले सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनमा व्यापक रुपमा राज्य शक्तिको दुरुपयोग गरेको निष्कर्ष निकालेको समिति सदस्य केशव झाले जानकारी दिए । मधेश प्रदेशसहित देशका विभिन्न बुथमा सत्ता गठबन्धनले राज्य शक्तिको दुरुपयोग गर्दै मत आफ्नो पारेको बैठकले निष्कर्ष निकालेको हो ।

नयाँ दलको रुपमा पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका कारण प्रचार प्रसारका लागि कम समय भएको कारण अपेक्षाकृत सफलता हात नपारेको उसको निष्कर्ष छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स