27.1 C
Kathmandu
Saturday, April 18, 2026
spot_img

सम्पर्कविहीन तारा एयरको विमान नौरिकोटमा दुर्घटनाग्रस्त अवस्थामा भेट्टियो

काठमाडौं । तारा एयरको विमान मुस्ताङको थासाड। गाउँपालिकाको नौरिकोटमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । खोजीमा गएको टोलीका एक सदस्यले दुर्घटनाग्रस्त विमान भेट्टिएको जानकारी दिए ।

विमान दुर्घटना भएको ठाउँमा हेलिकोप्टर भने लान सकिएको छैन । मौसमको खराबीका कारण सुरक्षाकर्मीहरु पैदलै उक्त क्षेत्रमा पुगेका छन् ।

विमानका यात्रुहरुबारे भने केही जानकारी दिइएको छैन । पोखराबाट जोमसोमका लागि उडेको वेपत्ता तारा एयरको विमान आज विहान वेपत्ता भएको थियो । विमानमा चालक दलका ३ सदस्य र १९ यात्रुसहित २२ जना छन्

विमानमा सवार १९ यात्रु र तीन जना चालक दलका सदस्यको नामावली
१‍  इन्द्रबहादुर गोले
२ पुरुषाेत्तम गोले
३ राजनकुमार गोले
४‍  वसन्त लामा
५ गणेशनारायण श्रेष्ठ
६ रवीना श्रेष्ठ
७ रस्मी श्रेष्ठ
८ रोजिना श्रेष्ठ
९ प्रकाश सुनुवार
१० मकरबहादुर तामाङ
११ राममाया तामाङ
१२ सुकुमाया तामाङ
१३ तुल्सादेवी तामाङ
१४ अशोककुमार त्रिपाठी
१५ धनुष त्रिपाठी
१६ ऋतिका त्रिपाठी
१७ युवी विल्नर
१८ वैभवी बाण्डेकर
१९ मिक ग्र्याट

चालक दलका सदस्य
१ क्याप्टेन प्रभाकर प्रसाद घिमिरे
२ सहायक पाइलट उत्सव पोख्रेल
३  विमानपरिचारिका क्रिस्मी थापा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स