26.4 C
Kathmandu
Thursday, June 18, 2026
spot_img

आज संसद् बैठक बस्दै,एमसीसीमाथि छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक बिहीबार बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा एमसीसी परेको छ।

संसद सचिवालयका महासचवि डा. भरतराज गौतमद्वारा जारी सम्भावित कार्यसूचीअनुसार संसद बैठकमा एमसीसीमाथि सामान्य छलफलअघि महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश हुनेछ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ पेश गर्ने कार्यसूची रहेको छ।

संसद सचिवालयले तयार पारेको कार्यसूचीअनुसार अर्थमन्त्री जनार्दन शर्माले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीबीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्। तर, अर्थमन्त्री शर्मा संसद बैठकअघि नै काठमाडौँ उपत्यका बाहिर गएका छन।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स