29.1 C
Kathmandu
Thursday, April 23, 2026
spot_img

सुनापती गाउँपालिकाद्धारा एकल पुरुषलाई भत्ता वितरण

रामेछाप । रामेछापको सुनापती गाउँपालिकाले पालिकाका ६२ जना एकल पुरुषलाई भत्ता वितरण गरेको छ। चालू आर्थिक वर्षको बजेटमै पालिकाले नीति तथा कार्यक्रम बनाएर भत्ता दिने घोषणा गरेको थियो। भत्ता दिने छुट्टै कार्यविधि बनाइएको र निश्चित मापदण्ड तोकिएको पालिकाले जनाएको छ।

विवाहित र अविवाहित पुरुषको हकमा पनि मापदण्ड तोकिएको गाउँपलिकाका प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठले बताए। विवाहपछि पुरुष एकल भएको खण्डमा ५० वर्ष र अविवाहित पुरुषलाई ६० वर्ष मापदण्ड तोकिएको पनि अधिकृत श्रेष्ठले बताए।

पालिकाले पाँचवटै वडाबाट एकल पुरुषले तोकिएको मापदण्ड पूरा गरी आवेदन दिन सक्ने व्यवस्था गरेको पालिका अध्यक्ष धावा लामाले बताए। लामाका अनुसार महिला जस्तै पुरुष पनि एकल हुँदा उनीहरू पनि केही राहत होस् भन्ने उद्देश्यले भत्ता दिइएको हो।

एकल पुरुषले भत्ता पाएपछि राहत महसुस गरेको लामाको भनाइ छ। पालिका उपाध्यक्षकै संयोजकत्वमामा प्रत्येक वडामै गएर भत्ता वितरण गर्ने गरिएको र ६ महिनाको भत्ता रकम एकमुष्ट वितरण गरिएको पनि अध्यक्ष लामाले बताए। राहत पाउने एकल पुरुष दंग छन्। भत्ता प्राप्त गर्ने अधिकांश एकल पुरुषहरूले पालिकाले थोरै भए पनि न्याय गरेको बताएका छन्।

भत्ता प्राप्त गर्नेहरूमा पालिकाको वडा–१ मा ८, वडा–२ मा १८, वडा–३ मा १०, वडा–४ मा १६ र वडा–५ मा १० जना एकल पुरुष रहेको पालिकाले जनाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स