24.1 C
Kathmandu
Saturday, April 18, 2026
spot_img

गुल्मीको बडागाउँ स्वास्थ्यचौकीको एम्बुलेन्समा आगजनि

गुल्मी। गुल्मीमा स्वास्थ्य चौकीको एम्बुलेन्समा आगजनी भएको छ। मुसिकोट नगरपालिका ४ वडागाउँ स्वास्थ्यचौकीको एम्बुलेन्समा आगलागी भएको हो। आफ्नो घर अगाडि पार्किङ गरेर राखिएको अवस्थामा लु २ च २३७८ को एम्बुलेन्समा गएराति आगजनी भएको एम्बुलेन्स चालक शंकर बगालेले बताए।

उक्त एम्बुलेन्स भारतीय भूतपूर्व सैनिकको सहयोगमा स्वास्थ्य चौकीले संचालन गर्दै आएको थियो।मुसिकोट ४ डाँडाथोक घरमा रोकेर राखेको एम्बुलेन्समा एक्कासी आगलागी भएको र अगाडीको केहि भाग जलेपछि स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको बगालेले बताए।

एम्बुलेन्समा कसले आगजनी गर्यो खुलेको छैन। आगजनी गर्नेको खोजी सुरु गरिएको प्रहरीले जनाएको छ। आगलागीबाट एम्बुलेन्सको अगाडीको भाग पुरै जलेको छ।

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स