28.1 C
Kathmandu
Friday, April 24, 2026
spot_img

डोटीमा २७ हजार विद्यार्थीलाई मोडर्ना खोप

डोटी । जिल्लामा रहेका २७ हजार ३०० विद्यार्थीलाई कोरोनाविरुद्धको मोडर्ना खोपको दोस्रो मात्रा लगाइएको छ। यसभन्दा पहिले पहिलो मात्राको खोप लगाइसकेका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई उक्त दोस्रो मात्रा दिइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

जिल्लामा गत पुस ८ देखि १३ गतेसम्म मोडर्ना खोपको पहिलो मात्रा दिइएको थियो। यहाँका नौवटै स्थानीय तहले विद्यालयमै खोप अभियान सञ्चालन गरी दोस्रो चरणको मोडर्ना खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी महेश बोहराले जानकारी दिए।

उनका अनुसार हालसम्म एकपटक पनि खोप नलगाएका बालबालिकालाई पनि खोप लगाइएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका नौवटै स्थानीय तहका २७ हजार ३०० बालबालिकालाई सो खोपको पहिलो मात्रा लगाइएको थियो।

यहाँका विद्यालय, स्वास्थ्यचौकी र आधारभूत स्वास्थ्य केन्द्रमार्फत खोप लगाइएको जोरायल गाउँपालिका स्वास्थ्य प्रमुख गोविन्द विष्टले जानकारी दिए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स