20.1 C
Kathmandu
Saturday, April 25, 2026
spot_img

उपत्यकाको जोरबिजोर प्रणाली हटाउन सिफारिस

काठमाडौं । काठमाडौं उपत्यकामा लागू गरिएको जोरबिजोर प्रणाली हटाउन सिफारिस गरिएको छ। कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र ९सिसिएमसी० को आजको बैठकले जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको हो।

यसअघि ट्याक्सी र निजी सवारीसाधनबाहेका यातायातका साधनमा लगाइएको जोरबिजोर प्रणाली हटाइएको थियो।

सिसिएमसीको सिफारिसपछि उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले नयाँ आदेश जारी गर्नेछन्। कोभिड संक्रमितको संख्या घट्दै गएको निष्कर्ष निकाल्दै सिसिएमसीले उक्त सिफारिस गरेको हो।

सिसिएमसीले विद्यालय भने माघभर बन्द राख्नुपर्ने निष्कर्ष निकालेको छ। सिसिएमसीले रात्रिकालीन व्यवसाय र खेलकुदसम्बन्धी गतिविधि सहज बनाउन सिफारिस गरेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स