26.1 C
Kathmandu
Saturday, April 18, 2026
spot_img

सुचना प्रविधि लेखाजोखामा धादिङको ज्वालामुखी गाउँपालिका देशभरको चौथो स्थानमा

धादिङ । सूचना प्रविधि लेखाजोखा गर्दा धादिङको ज्वालामुखी गाउँपालिकाले पहिलो स्थान प्राप्त गरेको छ । देशैभरका स्थानीय तहका विभिन्न ७ वटा सूचकको आधारमा लेखाजोखा गर्दा ज्वालामुखी गाउँपालिकाले सूचना प्रविधि क्षेत्रमा धादिङ जिल्लामा पहिलो र देशभरमा चौथो स्थान प्राप्त गरेको हो ।

स्थानीय तहहरुले प्रविष्ट गरेको अंकभार बमोजिम लेखाजोखा हुँदा गाउँपालिकाले देशभरमा चौथो र जिल्लामा पहिलो स्थान हाँसिल गरेको गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्सालले बताउनु भयो । विश्वमै सूचना प्रविधिको तिब्र विकास भैरहेका बेला नागरिकका पक्षमा गरिने सेवा प्रवाहलाई उपलव्ध श्रोत साधनको अधिकतम प्रयोग गर्दै सूचना प्रविधिमा गाउँपालिकाले जोड दिएको पनि प्रमुख प्रशासकीय अधिकृत लम्सालले बताउनु भयो । विश्वव्यापी रूपमा सूचना प्रविधि संसारका धेरै देशहरुको आर्थिक विकासको एक प्रमुख तत्व भएको छ । धेरै नवीनताहरू संसारमा आएका छन् तर सबैभन्दा उल्लेखनीय सूचना प्रविधि हो ।

विद्युतीय सरकार एवं सुशासनको अवधारणालाई कार्यान्वयन गर्न गाउँपालिकाले विशेष योजना बनाएको भन्दै लम्सालले सूचना प्रविधिलाई ग्रामिण जनस्तरमा पुर्याइ यसको प्रयोगबाट प्राप्त हुने लाभमा सबैको पहुँच सुनिश्चित गर्न गाउँपालिका प्रतिवद्ध रहेको बताउनुभयो । सूचना प्रविधि लेखाजोखा गर्दा ज्वालामुखी गाउँपालिकाले पहिलो स्थान प्राप्त गरेकोमा खुशी लागेको बताउँदै अधिकृत लम्सालले यो अवस्था ल्याउन जनप्रतिनिधिहरु, कर्मचारीहरु र आम सेवाग्राही नागरिकको सहयोग रहेको पनि बताउनु भयो ।

सूचना प्रविधि लेखाजोखा हुँदा नगरपालिकाहरु मध्येबाट रुकम पश्चिमको चौरजहारी नगरपालिकाले पहिलो स्थान प्राप्त गरेको र गाउँपालिका मध्येबाट ज्वालामुखी गाउँपालिकाले पहिलो स्थान प्राप्त गरेको ज्वालामुखी गाउँपालिकाका सूचना प्रविधि अधिकृत केदार इटनीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स