20.1 C
Kathmandu
Saturday, April 18, 2026
spot_img

यी हुन् माओवादीबाट राष्ट्रिय सभामा उम्मेदवार बन्ने पाँच जना

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ।

माओवादी केन्द्रले प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर ९अन्य समूह० र भुवनबहादुर सुनार (दलित), कर्णालीमा नरबहादुर विष्ट (अपांग र अल्पसंख्यक) र सुदूरपश्चिममा जगत पार्की दलित लाई उम्मेदवार चयन गरेको प्रचण्डको सचिवालयले जनाएको छ।

हिजो बसेको माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रिय सभा सदस्यका उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो। सोही अनुसार प्रचण्डले आज उम्मेदवारको टुंगो लगाएका हुन्।

पाँच दलीय गठबन्धनको सहमति अनुसार माओवादी केन्द्रले राष्ट्रिय सभामा पाँच सिट पाएको छ। आगामी माघ १२ गते हुने १९ पदको निर्वाचनका लागि आज उम्मेदवारी दिनुपर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स