9.1 C
Kathmandu
Friday, January 16, 2026
spot_img

कर्णाली प्रदेश अस्पतालमा आजदेखि अतिरिक्त समयमा विशेषज्ञ सेवा सुरू

कर्णाली । कर्णाली प्रदेश अस्पतालले अतिरिक्त समयमा विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ। सोमबारदेखि विभिन्न रोगहरुको विशेषज्ञ सेवाहरु अतिरिक्त समयमा दिन थालिएको हो।

अस्पतालमा आजदेखि शनिबारबाहेक हप्तामा ६ दिन दैनिक दुई घण्टा अतिरिक्त विशेषज्ञ सेवा दिन थालिएको हो। बिहान ७ बजेदेखि ९ बजेसम्म विशेषज्ञ डाक्टरहरुबाट सेवाहरु प्रदान गर्न लागिएको कर्णाली प्रदेश अस्पतालले जनाएको छ।

बालरोग, मेडिसिन, सर्जरी, स्त्री तथा प्रसुती रोग, हाडजोर्नी तथा नसा रोग, नाक, कान, घाँटीसम्बन्धी रोग, छाला, सौन्दर्य तथा यौन रोग, मानसिक रोगहरुको विशेषज्ञ सेवा अतिरिक्त समय दिन थालिएको अस्पतालले जनाएको छ।

अस्पतालमा आउने बिरामीलाई सहज र सरल सेवा पुर्‍याउने उद्देश्यले अतिरिक्त समय विशेषज्ञ सेवा सुचारु गरिएको अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले बताए। बिहानको समयमा दिइने अतिरिक्त विशेषज्ञ सेवाको शुल्क भने नियमित शुल्कभन्दा धेरै तोकिएको छ। बिहान ७ बजेदेखि ९ बजेसम्म विशेषज्ञ सेवाको शुल्क ४ सय रुपैयाँ तोकिएको छ।

नियमित समय बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्मको शुल्क २५ रुपैयाँ छ। खड्काका अनुसार अस्पतालको क्याविनमा बसेर सर्जरी सेवा लिनका लागि ५० प्रतिशत अतिरिक्त शुल्क तोकिएको छ

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स