26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

उपनिर्वाचनका लागि १० हजार ८९२ मतदान स्थल तोकियो

काठमाडौं। निर्वाचन आयोगले इलाम-२को प्रतिनिधिसभा र बझाङ-१को प्रदेश सभामा हुने उपनिर्वाचनका लागि मतदानस्थल तोकेको छ । आयोगले अनुसार देशभर १० हजार ८९२ मतदान स्थल तोकेको हो ।

निर्वाचन आयोगको बिहीबार बसेको बैठकले मतदान स्थल र मतदान केन्द्रहरुलाई अन्तिम रुप दिएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार इलाम-२ मा ७९ मतदान स्थल र १४९ मतदान केन्द्र रहेका छन् भने बझाङ-१ को प्रदेशसभा निर्वाचन क्षेत्रमा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र तोकिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स