19.1 C
Kathmandu
Sunday, April 19, 2026
spot_img

नेकपा (एस) मनाङ्ग–काठमाडौँ सम्पर्क मञ्चको पाँचौं सम्मेलन सम्पन्न

काठमाडौँ । मानिय,पूर्वमन्त्री राजीव गुरुङको विशेष पहलमा नेकपा (एकीकृत समाजवादी) मनाङ्ग–काठमाडौँ सम्पर्क मञ्चको पाँचौं सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल हुनुहुन्थ्या उक्त कार्यक्रमका विशेष अतिथि माननीय एवं पूर्वमन्त्री राजीव गुरुङ हुनुहुन्थ्यो । उक्त कार्यक्रममा आफ्ना भनाईहरु राख्नु हुँदै माननीय राजु गुरुङले मनाङ्गले नेकपा एकीकृत समाजवादी पार्टीलाई सदैव अगाडी वढाउन र पार्टीमा जस्तोसुकै समस्या आएपनि आफू एकीकृत रही पार्टीलाई सहयोग गर्ने बताउनुभयो ।साथै मनाङ्ग–काठमाडौँ सम्पर्क मञ्चलाई अझ बढी सक्रिय बनाई मनाङ्ग जिल्लालाई समाजवाद मय बनाउने उद्घोष गर्नुभयो ।

उक्त कार्यक्रममा आफ्ना भनाइ राख्ने क्रममा पार्टी अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मनाङ्ग जिल्ला नेकपा एकीकृत समाजवादी पार्टीलाई गण्डकी प्रदेश भरी नै नेतृत्व गरी मनाङ्ग अगाडि बढाउनु पर्ने कुरा राख्नुभएको थियो । उक्त कार्यक्रममा माननीय पूर्वमन्त्री राजीव गुरुङको अध्यक्षतामा निर्वाचन मण्डल गठन गरी निर्वाचन समेत सम्पन्न भएको थियो ।

उक्त निर्वाचनमा मनाङ्ग–काठमाडौ सम्पर्क मञ्चको अध्यक्ष रुपमा जर्जर गुरुङ, उपाध्यक्ष अमृत लामा सहितको १४ सदस्सीय समितिको चयन भएको थियो । उक्त कार्यक्रम समापन भए पश्चात अध्यक्षको रुपमा निर्वाचित भएका जर्जर ् गुरुङले नेकपा ९एकीकृत समाजवादी० पार्टीलाई मनाङ जिल्लामा मात्र सिमित नरही गण्डकी प्रदेशमा समेत विभिन्न कार्यक्रम सञ्चालन गरी पार्टीलाई मजबुत र एकाकार बनाउने कुरा बताउनुभयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स