24.1 C
Kathmandu
Monday, May 18, 2026
spot_img

कांग्रेस मधेस सभापति यादब घरदैलो कार्यक्रममा व्यस्त

रौतहट । रौतहट क्षेत्र नम्बर १ ख मा सत्तागठबनन्धनका तर्फबाट प्रदेश सभा सदस्यका साझा उम्मेदवार कृष्ण प्रसाद यादवको पक्षमा मत माग्न नेताकार्यकर्ताहरु पनि चुनावी प्रचारमा उत्रिएका छन् । रौतहट १ (ख) मा सत्तागठबन्धनबाट प्रदेश प्रदेशसभा ससदस्यमा कृष्ण प्रसाद यादब उम्मेदवार छन् ।

बिहीबार रौतहट माधव नारायण नगरपालिका वडा नम्बर लोकाहा, जेठरिया र भेलहीको सत्तागठबन्धनले सन्चालन गरेको चुनावी घरदैलो कार्यक्रममा मतदाताहरु आफै सहभागी भैई कांग्रेसको पक्षमा मत मागेका थिए ।

आफ्नो क्षेत्रको विकासमा लागि पर्ने कृष्ण प्रसाद यादबले जनताको सुखदुखमा सधैं साथ दिदै आएकाले यसपालिको चुनावमा नेताकार्यकर्ताहरुले मुख्य मन्त्री उमेदवार भएको हुँदा उनलाई जिताउन आफुहरु चुनावी प्रचारमा लागेको मतदाताहरुको भनाई थियो ।

स्थानीयहरुले काँग्रेस मधेस सभापति समेत रहेका यादबले सबै समुदायको सशक्तिकरणका लागि पनि विगतमा काम गरेकाले आफुहरुको भरोसा उनि माथि नै भएको प्रतिक्रिया पनि दिए । यस ठाउँमा निरन्तर घरदैलो कार्यक्रम संचालन रहेकोे देख्न सकिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स