27.1 C
Kathmandu
Saturday, April 18, 2026
spot_img

स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न निर्वाचन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ। मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै आयोगले यस्तो आग्रह गरेको हो। २०७४ वैशाख ३१ गते पहिलो, असार १४ गते दोस्रो र असोज २ गते तेस्रो चरणमा सम्पन्न भएकाले जनप्रतिनिधिको पदावधि सकिन लागेको भन्दै आयोगले यस्तो आग्रह गरेको हो।

आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था अनुसार स्थानीय तहका सबै निर्वाचित पदाधिकारीको कार्यकाल २०७९ जेठ ५ गते समाप्त हुने भन्दै यस्तो आग्रह गर्नुभएको हो।

आयोगद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘वर्तमान संवैधानिक एवं कानूनी ब्यवस्थाको आधारमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने काम जति विलम्ब हुदै जान्छ, त्यति नै निर्वाचन ब्यवस्थापनको कार्य ब्यवहारिक एवं प्राविधिक कारणले जटिल बन्दै जान्छ भन्ने तथ्यलाई दृष्टिगत गरी स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा १ बमोजिम आयोगको परामर्शमा आगामी स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न नेपाल सरकार समक्ष निर्वाचन आयोग आग्रह गर्दछ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स