29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

रावा कुभिण्डे सेवा समाजको सातौं साधारण सभा सम्पन्न,अध्यक्षमा सीताराम पोखरेल चयन

काठमाडौं । रावा कुभिण्डे सेवा समाज, नेपालको सातौ साधारण सभा सम्पन्न भएको छ। सीताराम पोखरेलको सभापतित्वमा सञ्चालित उक्त सभा २०७९ पौष २३ गते काठमाडौंमा सम्पन्न भएको हो ।

साधारण सभाले सीताराम पोखरेलको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ। कार्यसमितिको उपाध्यक्ष पदमा रिता के सी, महासचिव पदमा सुरेश हाचेकाली, सचिव पदमा गिरिराज राई र कोषाध्यक्ष पदमा दिपक कुमार पौडेल चयन हुनुभएको छ। यसै गरी सदस्यहरूमा फणिन्द्र कोइराला,कमला गुरुङ, लिला पोखरेल,पूजा निरौला,कृष्ण प्रसाद पोखरेल, चुस्त बहादुर राई,कैलाश निरौला,एल।बी। आले, टीका श्रेष्ठ, हरि बहादुर श्रेष्ठ, सिता रेग्मी,रमेश कुमार के.सी., कोपिला राई, जित बहादुर मग्राती ,दीपा राई र पवन राई चयन हुनुभएको छ।

नयाँ कार्य समिति निर्माणका लागि डा.राजकुमार राईको संयोजकत्वमा ९ सदस्यीय निर्वाचन मण्डलको गठन भएको थियो। निर्वाचन मण्डलका अन्य सदस्यहरूमा हरि कुमार पोखरेल, तिलक श्रेष्ठ, हिरामणि राई,शम्भु निरौला,राम प्रसाद रेग्मी,लक्ष्मण पौडेल,शर्मिला पोखरेल र रोहित रेग्मी हुनुहुन्थ्यो।

कार्यक्रममा ढुण्डिराज ओझा (बडकादियाले) ,ध्रुव प्रसाद रेग्मी, दाताराम पोखरेल, गिरिराज पोखरेल, बिनोदचन्द्र पोखरेल, टीकाराम रेग्मी,दुर्गाप्रसाद श्रेष्ठ, कमला पोखरेल, उपेन्द्र पौडेल, अनिरुद्र निरौला, सीताराम श्रेष्ठ, फणिन्द्र कुमार पौडेल ९जितेन्द्र०, मिरा ओझा,शोभा बराल, अम्बिका पोखरेल, युवराज पोखरेल, नारायण राई (सुवास), मञ्जु पोखरेल, रमेश निरौला,पुष्पराज श्रेष्ठ, ईश्वर कुमार राई, शम्भु पोखरेल, मनिष राई, युनिस राई लगायत करिब एक सय हाराहारीको सङ्ख्यामा कुभिण्डेलीहरूको उपस्थिति रहेको थियो।

अन्तमा,नव निर्वाचित कार्यसमितिका अध्यक्ष सीताराम पोखरेलले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याएकोमा उपस्थित सबैप्रति कृतज्ञता ब्यक्त गर्नुभयो। उहाँले सम्पूर्ण कुभिण्डेलीहरूबाट विगतमा जस्तै सहयोग प्राप्त हुने कुरामा आफू बिश्वस्त रहेको बताउनु भयो। उद्घाटन सत्रमा संस्थाका सचिव गिरिराज राईले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो । यसै गरी कोषाध्यक्ष दिपक कुमार पौडेलले आर्थिक प्रतिवेदन र महासचिव सुरेश हाचेकालीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उद्घाटन सत्र कार्यक्रमको सञ्चालन कार्य समिति सदस्य टीका श्रेष्ठले गर्नुभएको थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स