29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

ट्रेड बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्धारा १३ औं साधारण सभा सम्पन्न

काठमाडौं । ट्रेड बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभाको सभापति संस्थाका अध्यक्ष अमुल श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथिको रुपमा सहकारी बैंक लि।का संचालक तथा जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष जान बहादुर तामाङले गर्नु भएको थियो ।

उक्त कार्यक्रममा ट्रेडका अध्यक्ष अमुल श्रेष्ठले बार्षिक प्रतिवेदन पेश गर्नु भएको थियो उक्त प्रतिवेदन अनुसार २०७८र०७९ मा कुल ९९४,७९,४०१० चौरान्बे लाख उनासी हजार चार सय एक रुपैया नाफा गरेको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि तामाङले नेपाल भर करिब २९००० सहकारी रहको जस मध्ये ट्रेड सहकारीको प्रतिवेदनको धेरै राम्रो रहेको र अन्य सहकारीहरुलाई पनि व्यव्स्थापन पक्षलाई राम्रो बनाएमा सहकारी आफै राम्रो हुने बताउनु भयो ।

यसै गरी सहकारीका सचिव चन्द्र निरौलाले २५ जनाबाट सुरुवात भएको सहकारी यहाँहरुको माया अनि सदभावका कारण आज १२०० जना सदस्यको सहकारी भएको बताउनु भयो । सहकारीमा ५७ जोखिम कर्जा कसरी उठाउने भन्ने व्यवस्थापन पक्षलाई गाह्रो भएको बेला तिन महिनाको अथक प्रयासबाट जोखिम कर्जा १७ वटामा पु¥याउन सपल भएको बताउनु भएको छ ।

कार्यक्रमको सञ्चालन सहकारीका संचालक सन्देश घिमिरेले गर्नु भएको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स