9.1 C
Kathmandu
Friday, January 16, 2026
spot_img

नारायणहिटी संग्रहालयको श्रीपेच निकाल्न खोज्ने एकजना पक्राउ

काठमाडौ । प्रदर्शनका लागि नारायणहिटी दरबार संग्रहालयमा राखिएको श्रीपेच निकाल्न खोज्ने एक जनालाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । शुक्रबार दिउँसो साढे १२ बजे संग्रहालय हेर्न पुगेका खिमबहादुर घर्ती मगरले श्रीपेच निकाल्न खोज्दा सेनाले नियन्त्रणमा लिएको हो ।

संग्रहालयका सूचना अधिकारी बुद्धी गुरुङकाअनुसार मगरले श्रीपेच निकाल्न खुकुरी प्रहार गरेका थिए । उहाँले भन्नुभयो, “टिकट काटेर आएका दर्शकमध्ये एक जनाले श्रीपेच निकाल्न खोज्दा सुरक्षा निकायले नियन्त्रणमा लिएको हो ।” खुकुरी निकालेर मगरले श्रीपेच निकाल्न प्रहार गर्ने बेला सुरक्षामा खटिएका नेपाली सेनाले पक्राउ गरेको बताएको छ ।

मगरलाई अहिले प्रहरी बृत्त दरबार मार्गमा बुझाएको सूचना अधिकारी गुरुङले बताउनुभयो । पक्राउ पर्नेमा अवलोकन गर्न पुगेका पश्चिम रुकुम मुसिकोट ११ स्थायी घर भइ हाल काठमाडौँ बस्ने २६ वर्षिय घर्ती हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स