24.7 C
Kathmandu
Wednesday, July 22, 2026
spot_img

भेरी नदीले सतर्कताको तह नाघ्यो : तल्लो तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह

काठमाडौं । भेरी नदीले सतर्कता तह पार गरेको छ। आज बिहान १० बजेर ३० मिनेटमा गरिएको मापनले भेरी नदीले सतर्कता तह पार गरेको देखाएको हो ।

भेरी नदी जामु जल मापन केन्द्रले गरेको मापनमा भेरी नदीको जल सतहले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। पानीको सतह बढ्दो क्रममा रहेका तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

त्यस्तै, डढेलधुराको गैबढे र आसपासका क्षेत्रमा पछिल्लो ६ घण्टामा ठूलो वर्षा भएको र थप हुने पूर्वानुमान गरिएको छ ।

ठूलो वर्षाका कारण रंगुन, पुन्टुरा तथा अन्य स साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने महाशाखाले जनाएको छ । वर्षाका कारण बाढी आउने भएकाले तटीय क्षेत्रमा रहेका सम्पूर्णलाई राती सम्मै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स