9.1 C
Kathmandu
Friday, January 16, 2026
spot_img

कुलमान घिसिङको नियुक्तिविरुद्ध मुद्दाको सुनुवाइ आज हुँदै

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा कुलमान घिसिङको पुनःनियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दिइएको मुद्दाको सुनवाइका लागि आज बुधबार पेसी तोकिएको छ। आफूलाई हटाई घिसिङलाई नियुक्ति दिइएको भन्दै हितेन्द्रदेव शाक्यले दायर गरेको रिट निवेदनको पेसी आजका लागि तोकिएको हो।

आफू ४ वर्षका लागि नियुक्त भएकामा सररकारले गैरकाननुनी रूपमा बीचमै हटाएको दाबी उहाँको छ। यसर्थ घिसिङको नियुक्ति खारेजी गरी पुनः आफूलाई नै प्राधिकरणको कार्यकारी निर्देशक कायम गर्न शाक्यले रिट निवेदनमार्फत माग गर्नुभएको छ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले केही दिनअघि मात्रै कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो।

त्यही मन्त्रिपरिषद्को बैठकले शाक्यलाई सचिवसरहको सेवा(सुविधा दिई ऊर्जा आयोगको सदस्य पदमा नियुक्ति दिइसकेको छ। तर यसप्रति असन्तुष्टि जनाउँदै उनले सर्वोच्च अदालतमा मुद्दा हालेका हुन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स